समाचार

‘दोदा नदीको पुल साँघुरो भयो, अर्को पुल निर्माण गर्छौँ’- मन्त्री मगर

कन्चनपुर । खानेपानीमन्त्री बीना मगरले जिल्लाको विकासका लागि कटिबद्ध रहेको बताएकी छिन् । पुनर्वास नगरपालिकास्थित लोकतान्त्रिक मार्गको आज(आइतबार) अनुगमन गर्दै उनले चाँडै सो मार्ग कालोपत्र गरिने उल्लेख गरेकी हुन् ।

“दोदा नदीको पुल साँघुरो भएकाले त्यसको स्थानमा अर्को पुल निर्माण गर्छौँ, मन्त्री मगरले भनिन्, “तत्काल काम अगाडि बढाउँछु ।” हुलाकी मार्गको कार्य दु्रत गतिमा अगाडि बढाउनका लागि भौतिक मन्त्रालयसँग छलफल भइसकेको समेत उनले बताइन् ।

लोकतान्त्रिक मार्गले पुनर्वास नगरपालिका–७, ८ र ९ सँगै प्रदेश राजधानी धनगढीसँग जोड्नेछ । दोदा पुलदेखि पुनर्वास–७ सम्म करीब चार किलोमिटर लामो सडक हाल साँघुरो र कच्ची छ ।

सडक डिभिजन कार्यालयका इञ्जिनीयर अर्जुनकुमार बमले पुनर्वास नगरपालिकाले लोकतान्त्रिक मार्गका लागि डिपिआर तयार गरेको भए पनि त्यो वर्तमान अवस्थामा काम नलाग्ने भएकाले अर्को डिपिआर तयार पार्नुपर्ने बताए ।