मनोरञ्जन

प्रियंका र निकले किने १४४ करोडको घर

एजेन्सी, १ मंसिर । बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले अमेरिकाको लस एन्जेलिसमा घर खरिद गरेका छन् । उनीहरुले १४४ करोड भारुको घर खरिद गरेका छन् । २० हजार वर्ग फिटको सम्पत्ति खरिद गरेको बताइएको छ । उनीहरुको यो आधुनिक घरमा सात बेडरुम, ११ बाथरुम, अग्लो छत र पर्याप्त खुल्ला स्थान छ ।

यसको पुष्टि प्रियंकाकी आमा मधु चोपडाले गरेकी हुन् । यी दुईले सन् २०१८ मा विवाह गरेका थिए । एक अन्तर्वार्तामा प्रियंकाले घर खरिद गर्नु र आमा बन्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएकी थिइन् ।