आर्थिक

भिमफेदी कारागारका जेलर चिरञ्जिवीविरुद्ध भ्रष्टचारको मुद्धा

१ मंसिर, काठमाडौं । मकवानपुरको भिमफेदी कारागारका जेलर चिरञ्जिवी थापा र उनकी श्रीमती गोमा कट्टेल थापाविरुद्ध मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौंमा जेलर चिरञ्जिवी र उनकी श्रीमतीविरुद्ध मुद्धा दायर गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुरमा कोइरालाका अनुसार चिरञ्जिवीले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी १ करोड १३ लाख ६० हजार ४ सय १० रुपैयाँ ९५ पैसा गैरकानूनी रुपमा आर्जन गरेको पाइएकोले उनी विरुद्ध भ्रष्टचारको मुद्धा दायर गरिएको हो ।