मनोरञ्जन

विश्व सुन्दरी मानुषी छिल्लरले फिल्म‘पृथ्वीराज’वाट डेब्यु गर्दै

एजेन्सी, १ मंसिर । ‘मिस वर्ल्ड २०१७’की विजेता मानुषी छिल्लरले यशराज फिल्मस्ले ऐतिहासिक विषयमा निर्माण गर्न लागेको फिल्म ‘पृथ्वीराज’बाट डेब्यु गर्न भएकी छन् ।अक्षयकुमार मानुषीको जोडीको रुपमा देखिने फिल्मका निर्देशक चन्द्रप्रकाश द्विवेदी हुन् । फिल्म सम्राट पृथ्वीराज चौहानको जीवनमा आधारित रहेर निर्माण हुन लागेको हो ।

मानुषीले उक्त फिल्मको विषयमा खुसी हुँदै अक्षयकुमार जस्तो स्टारसँग बलिउड अभिनय डेब्यु गर्न पाउनु आफ्ना लागि सम्मान भएको बताएकी छन् । मानुषीले आफ्नो भूमिका प्रति न्याय गर्ने कोशिस गर्नेसमेत बताएकी छन् ।