पु.समाचार

विराटनगर, वीरगञ्ज र चितवन मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा

१ मंसिर, काठमाडौं । शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा छापा मारेको छ ।

मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा हरेको बेला विभागले आइतबार नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा छापा मारिएको स्रोतले बताएको छ । मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानविन थालेको छ ।