पु.समाचार

३६ लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

१ मंसिर, काठमाडौं । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा भारतको बेतिया जिल्ला, जोगपट्टी थाना निवासी ५७ वर्षीय सत्यनारायण प्रसादलाई प्रहरीले पक्राउ गरेको छ । प्रसादलाई आइतबार बिहान कुलेश्वरबाट पक्राउ गरेको हो । प्रसादको साथवाट नेपाली नगद ३६ लाख रुपैयाँ, ३६ लाख ५ हजार बराबरको ६ वटा चेक र मोबाइल पनि बरामद भएको छ ।

अवैध रुपमा भारतीय नोटका साथै हुण्डी कारोबार गर्ने गरेको सूचना प्राप्त भएपश्चात खटिएको टोलीले प्रसादलाई पक्राउ गरेको कालिमाटीका प्रहरी प्रमुख डीएसपी रुगम कुँवरले बताए ।