मनोरञ्जन

ट्रोलको शिकार बनिन रानु मण्डल

एजेन्सी । एक समय रेलवे स्टेशनमा  गीत गएर गुजारा चलाईरहेकी रानू मण्डलको एक भिडियो पछिल्लो समय सामाजिक सन्जालमा चर्चाको केन्द्र बनेको छ । 

हालसालै मण्डल एक कार्यक्रमको लागि शृंगार गरेर पार्टीमा पुगेकी थिइन् । उक्त पार्टीमा उनले र्याम्प वाक समेत गरेकी थिइन् ! मण्डलको अन्दाज देखेर पार्टीमा उपस्थित हरकोही हैरान भएका थिए । यद्द्पी मण्डलले पार्टीमा उपस्थित सबैको मन जिते पनि उनी एकाएक ट्रोलको शिकार बन्न पुगिन । 

सोसियल मिडिया सेन्सेशनलाई लिएर इन्टरनेटमा उनको मीम बन्न शुरु भएको हो ! यसपटक पनि उनी पुन: एकपटक अनुहारमा लगाएकी मेकअपको कारण ट्रोलको शिकार बन्न पुगेकी हुन्।

सोसियल मिडिया सेन्शेसन रानू मण्डल आफ्नो एउटा गीतको कारण नै सुपरस्टार बनेकी हुन् । उनको यस भिडियो राणाघाट रेलवे स्टेशनको थियो, जहाँ उनी लता मंगेशकरको ‘एक प्यार का नगमा है’ गाउँदै थिइन् । उनको आवाजबाट इम्प्रेस्ड भएर हिमेश रेशमियाले उनलाई आफ्नो फिल्ममा लिएकी थिइन् ।

मण्डलको ‘आशिकी मे तेरी’ बोलको गीत रिलिज भएको केहि समयपश्चात नै लोकप्रिय भएको थियो । उनको प्रशंसा लता मंगेशकरले समेत गरेकी थिइन् ।