राजनीति

काँग्रेभित्रको गुटउपगुट अन्त्य भए काँग्रेस एक नम्बर पार्टी बन्छ बन्छः उपसभापति गच्छदार

इटहरी । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नुपर्ने बताएका छन् । उनले गुटउपगुट अन्त्यका लागि आफूले भूमिका निर्वाह गर्ने उल्लेख गरे । पार्टीभित्रका गुटबन्दी अन्त्य भए काँग्रेस एक नम्बरको पार्टी बन्ने उनले ठोवा गरेका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका–३ मा शनिबार आयोजित कार्यकर्ता भेलामा नेता गच्छदारले आफू पार्टीभित्र कुनै गुटको राजनीतिमा नलाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले अहिले पार्टीमा रहेको गुटउपगुटलाई मिलाउनका लागि आफूले सक्दो पहल गरिरहेको बताए । वर्तमान सरकारबाट जनता आजित भएको उपसभापति गच्छदारको भनाइ थियो ।