समाचार

प्रधानमन्त्रीले आजपनि गरे स्वास्थ्य परीक्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्नुभएका प्रधानमन्त्री ओलीको पुनः हेमोडायलासिस गरिएको थियो ।

हेमोडायलासिसपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालका ‘मेडिकल डाइरेक्टर’ चक्रराज पाण्डे तथा प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।