राजनीति

प्रचण्डले १७ हजार मान्छे मारे, ओलीले मान्छे काटे, देश बनाउन काँग्रेसको विकल्प छैनः अध्यक्ष बस्नेत

भक्तपुर । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले भक्तपुरको चुनावी कार्यक्रममा बोल्दै काँग्रेस उम्मेद्वार समाजसेवी भएको भन्दै रुखमा मतदान गर्न आग्रह गरेका छन् । उनले काँग्रेस उम्मेद्वार एबम् समाजसेवी काष्णलाल भँडेलले जितेर आकाश खस्नेभन्दा पनि देश बचाउने कि नबचाउने भन्ने मुख्य प्रश्न रहेको बताएका छन् । नेकपाको सरकार र सरकार घटक दलले नेपाल आमाको अस्थित्व बचाउन नेपालको भूभाग भारतले मिच्दापनि एक रतीपनि कुरा नगरेको बताएका छन् ।

उनले नेपाली काँग्रेसका भातृसंस्था कालापानी, लिम्पीयाधुरा र लिपुलेक भारतले मिच्दा सडकमा आएको नेपाली जनताले देखेको भन्दै काँग्रेस राष्ट्रियताको रक्षा गर्ने कुरा बुझ्न आग्रह गरेका छन् । संबिधानमाथी धावा बोलेको भन्दै अन्याय अत्याचार भ्रष्टाचार बढेको बलात्कारीलाई कारबाही नहुनु, वालुवाटारको जग्गा काण्ड, ३३ किलो सुन काण्ड, मेलम्चीको बिबाद, टेलिकम फोरजी भ्रष्टाचार काण्डले देश चरम रुपमा भ्रष्टाचार अनियमातिताममा फसेको बुझ्न जनतालाई आग्रह गरेका छन् ।

देशको चौथो पदको मान्छे सभामुख जस्ता मान्छे बलात्कारको अभियोगमा जेल गएको उदाहरण दिदै राष्ट्रियता बचाउनका लागि नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गरे । भ्रमण बर्ष २०२० को कुरा गर्ने सरकारले नगरकोट जाने बाटोको अवस्था हेर्दा लाजमर्दो लाग्ने बताए । उनले सरकार घटक दल नेकपाका अध्यक्ष पुष्पकमल दहालका घरबेटीले लिएको ठेक्काले काम नगरेपनि हुने के हो ? उनले प्रश्न गरे ।
कम्युनिष्ट २००६ सालमा जन्म लियो तर आन्दोलन गरेपनि राणाहरुलाई भित्रभित्रै सहयोग गरेको, ०३६ सालमा जनमतसँग्रलाई सहयोग गर्ने, ०४६ सालमा भित्रभित्रै पञ्चायतलाई सहयोग गरेको उदाहरण दिदैं केपी ओलीले झापा आन्दोलनमा मान्छेको टाउको काटेर आएको बताए । प्रचण्डले १७ हजार मान्छे मारेर आएको सबैलाई थाहा भएको भन्दै कृष्ण प्रसाद भट्टराईले संबिधान दिएको, बोली नबुझिने भन्ने कम्युनिष्टद्वारा आरोपी शुसील कोईरालाको प्रधानमन्त्रीत्वकालमा संबिधान बनेको स्मरण गराउँदै झलनाथ खनाल, डा बाबुराम भट्टराई, प्रचण्डा, माधब कुमार नेपालले आफू प्रधानमन्त्री हुँदा संबिधान नदिएको उदाहरण ताजै भएको उनको दाबी छ ।
काँग्रेसले बनाएको संबिधान कार्यान्वय गर्ने ओलीले अधिकार पाएपनि उनले संबिधान कार्यन्वयन गर्ने कार्य गर्न नसकेको भन्दै संबिधान कार्यान्वयन, राष्ट्रियताको रक्षा, देशको उन्नती चाहने हो भने काँग्रेसलाई आँखा चिम्लेर मतदान गर्न आग्रह गरेका छन् । कार्यक्रममा ४५ जना नेकपाका कार्यकर्तालाई तरुण दलमा प्रवेश गराउँदै उनले उक्त कुरा बताएका हुन् । उनले काँग्रेसले विजय गरेर सरकारमा जाने उद्येश्य नराखेको भन्दै राष्ट्रियताको सवालमा गम्भीर हुनुपर्ने बेला आएको बताए । उनले केपी ओल्ीले आजसम्मपनि कुटनीतिक पहल नगर्नु, सरकारले कर्मचारीके नामै नलेखी एउटा विज्ञप्ती निकालेर सबै जातजाती भाषाभाषी नेपालीको सरकारले अपमान गरेको सम्झ आग्रह गरेका छन् । ३३ किलोमात्र नभएर ३८ कुईन्टल सुनको सरोकार भएके उनको कुरा छ ।
देश बनाउन सक्ने हैशियत नेपाली काँग्रेससँग मात्र भएको ठोकुवा गर्दै इतिहास र बर्तामान दुबै समयको कुरा गर्नुपर्ने धारणा गरेका छन् । राष्ट्रियता, प्रजातन्त्र र लोकतन्त्रमाथी कसैले धावा बोल्छ भने नेपाली काँग्रेस एक थोपा रगत रहेसम्म लड्ने प्रतिबद्धता अध्यक्ष बस्नेतको छ ।