सामाजिक सञ्जाल

सीमा मिचिँदा चुँ नबोल्ने सरकार जनताको अधिकार खोस्दै अधिनायकवादतर्फ उन्मुखः सभापती देउवा

काठमाडौं । नेपाली कांग्रसका साभापती शेरबहादुर देउवाले संविधान विरोधि कुनै पनि कार्य आफुहरुलाई मान्य नहुने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टास लेख्दै सभापती देउवाले बर्तमान सरकार एक पछि अर्को गरि मौलिक हकहरु माथि प्रतिबन्ध लगाउन खोजेको भन्दै संबिधान बिरोधि कुनै पनि कार्य आफुहरुलाई मान्य नहुने बतएका हुन् । कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा सरकारले उच्चस्तरीय कुटनैतिक पहल अहिलेसम्म नगर्नु दुःखद कुरा भएको उनले बताए ।

गर्नु पर्ने काम नगर्ने सिमा अतिक्रम जस्तो संबेदनसिल विषयमा नबोल्ने र नगर्नु पर्ने काम गर्दै जाने, जनताका हक अधिकार खोस्दै जाने सरकारको कार्यशैली अधिनायकवाद उन्मुख भएको उनले स्टाटसमा उल्लेख गरेका छन् । साथै सरकारको यस्तो कार्यको विरुद्धमा सबै एकजुट हुनुको बिकल्प नभएको बताए ।

यस्तै फरक प्रसंग उललेख गर्दै देउवाले नेपाल शिक्षक संघ सुदुरपश्चिम प्रदेश कार्यसमितिको आयोजनामा शुक्रबार महेन्द्रनगरमा भएको प्रथम प्रतिनिधि सभामा । शिक्षक साथीहरूले आफ्नो पेसागत मर्यादालाई कायम राख्दै अझ बढी शैक्षिक योगदान दिनेछन् भन्ने बिश्वास लिएको उल्लेख गरेका छन् ।

 

उनको स्टास्ः नेपाल शिक्षक संघ सुदुरपश्चिम प्रदेश कार्यसमितिकोआयोजनामा हिजो महेन्द्रनगरमा भएको प्रथम प्रतिनिधि सभामा।शिक्षक साथीहरूले आफ्नो पेसागत मर्यादालाई कायम राख्दै अझ बढी शैक्षिक योगदान दिनुहुनेछ भन्ने बिश्वास लिएको छु।बर्तमान सरकार एक पछि अर्को गरि मौलिक हकहरु माथि प्रतिबन्ध लगाउन खोज्दै छ संबिधान बिरोधि कुनै पनि कार्य हाम्रा लागी मान्य हुने छैन । कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा सरकारले उच्चस्तरीय कुटनैतिक पहल अहिलेसम्म नगर्नु दुस्खद कुरा हो। गर्नु पर्ने काम नगर्ने सिमा अतिक्रम जस्तो संबेदनसिल विषयमा नबोल्ने र नगर्नु पर्ने काम गर्दै जाने, जनताका हक अधिकार खोस्दै जाने सरकारको कार्यशैली अधिनायकवाद उन्मुख छ यसका विरुद्धमा हामी सबै एकजुट हुनुको बिकल्प छैन।