आर्थिक

सिटी एक्सप्रेस ग्रुपद्वारा आश्रमलाई १२०० थान ज्याकेट

काठमाडौ । सिटी एक्सप्रेस ग्रुपद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२ सय थान ज्याकेट हस्तान्तरण गरिएको छ । जाडो यामलाई लक्षित गरि मानव सेवा आश्रममा आश्रित सम्पुर्णहरुलाई जाडोबाट बच्न उक्त ज्याकेट वितरण गरिएको हो ।

उक्त अवसरमा सिटी एक्सप्रेस ग्रुपअन्र्तगतका भगिनी संस्थाहरु मध्ये सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रशासकीय निर्देशक कृष्णराज पौडेल, सिटी एक्सप्रेस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे, र सिटी एक्सप्रेस बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत नारायण बस्नेतद्धारा संयुक्त रुपमा मानव आश्रमका अध्यक्ष रामजी अधिकारीलाई उक्त ज्याकेटहरु एक समारोह बिच हस्तान्तरण गरिएको थियो ।