प्रदेश 1

३० बर्षदेखी कम्युनिष्टलाई मतदान गरिरहेका धरानेहरु राईसँग मक्ख

संगम विष्ट /धरान । धरान १३ अमर पथ स्थाई बासीन्दा डम्बर बहादुर लिम्बूले यसपालीको चुनावमा परिवर्तन चाहान्छन् । उनीमात्र हैन सो वडाका हरिबहादुर लिम्बुको मतपनि परिवर्तनको पक्षमा नै छ । उनीहरु त केबल प्रतिनिधिपात्र मात्र हुन् । उनीहरु जस्तै परिवर्तन चाहने धराने मतदानहरुको यसपालीको निर्वाचन मालको नै लागेको छ ।

नेपाली राजनीतिमा धरान इतिहासमा कम्युनिष्ट लो सधै जितेको क्षेत्रको रुपमा स्थापित छ तर मसिर १४ गते हुने निर्वाचनले कम्युनिष्टको साख धरानबाट हटाउने परिवर्तनका पक्षधरहरु दावी गर्दै आएका छन् ।

धरानमा आसन्न स्थानिय तहको उपनिर्वाचनमा धरानबासीले स्वाद फेर्ने प्रतिबद्धता व्यक्त गरेको नेपाली कांग्रेसका उम्मेदवार तिलक राई बताउछन् ।

धरान–१३ को बिहिबार सम्पन्न दौस्रो चरणको घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका उमेद्बार तिलक राईलाई वडाबासीले आशिर्बादसंगै परिवर्तनको पक्षमा आफ्नो अमूल्यमत दिएर स्वाद फेर्ने प्रतिबद्धता समेत जनाए । धरान १३ अमर पथ, जिरो पोइन्ट, फुर्से, आफू सैनिकमार्ग, राई टोल जस्ता दर्जनौ टोलमा परिवर्तनको पक्षमामतदान गर्छौ भन्नेको लर्को नै लागेको छ ।

३० बर्षदेखि धरानलाई नेतृत्व गरेका नेताहरुले कामनगरेकाले उनिहरुलाइ सजाय र नेपाली कांग्रेसलाई एक पटक मौका दिनुहोस भन्दै तिलक राई मत माग्न ब्यस्त छन् ।