आर्थिक

प्रभु बैंकले १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने

काठमाडौं । प्रभु बैंकले एक हजार अंकित दरको १० वर्षको भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने गरी जारी गरेको रु. १ अर्ब बराबरको “१०.२५५प्रभु बैंक डिबेञ्चर–२०८६” ऋणपत्र मिति २०७६/०७/२१ देखि सार्वजनिक निष्काशन गरिएकोमा आज मिति २०७६/०७/२९ मा बाँडफाँड गरिएको छ ।न्यनुतम २५ कित्ता र अधिकतम् चार लाख कित्तासम्मको लागि आवेदनगर्न पाउने प्रभु बैंकको ऋणपत्रलाई ICRA-NEPALले न्युन कर्जा जोखिम”ICRA-NEPAL LBBBÆ ” रेटिङ्ग प्रदान गरेको थियो ।

प्रभु बैंकले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्कानको माध्यमबाट तथा ६० करोड रुपैयाँ बराबरको ६० लाखकित्ता ऋणपत्र परिपत्र विधिबाट संस्थागत/व्यक्तिहरुलाई विक्रीकालागि छिटोमा मिति२०७६/०७/२५ र ढिलोमा मिति२०७६÷०८÷२० माबन्दहुने गरी मिति २०७६/०७/२१ देखि सार्वजनिक निष्काशन गरिएकोमा विक्री अवधि समाप्त हुनु अगावै सार्वजनिक निष्कासन गरिएको बराबरको ऋणपत्र खरिद गरेकोमा डिबेञ्चर धनीहरुलाई प्रभु बैंकले धन्यबाद समेत दिएको छ ।