राजनीति

तरुण दलले बनायो निर्वाचनलाई लक्षीत गर्दै समिति, जसरीपनि काँग्रेस जिताउन भयो सकृय

काठमाडौं । नेपाल तरुण दलले उपाध्यक्ष उत्तम चापागाईं र कोषाध्यक्ष विद्वान गुरुगंको संयोजकत्वमा आउँदै गरेको उप-निर्बाचनलाई लक्षित गर्दै समितिहरु बनाएको छ ।

तरुण दलको केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय निर्बाचन परिचालन र केन्द्रीय अनुगमन समितिको जिम्मेवारी उपाध्यक्ष उत्तम चापागाईं र केन्द्रीय अनुगमन समितिको जिम्मेवारी कोषाध्यक्ष विद्वान गुरुगंको संयोजकत्वमा समिति बनाईएको छ ।

समितिको सदस्यहरुमा ३७ जिल्ला अध्यक्षहरु तथा निर्बाचनमभा उम्मेद्वारी दिएका उम्मेद्वारहरु रहने बताएको छ । तरुण दलको आजको निर्णयले आउँदो र्निाचनमा आफ्ना उम्मेद्वारलाई विजय गराउन तरुण दलले सकृयता देखाएको देखिएको छ ।

अध्यक्ष बस्नेतले एक विज्ञप्ती जारी गर्दै उक्त निर्णय भएको बताएका छन् ।