राजनीति

भारतले सीमा मिचिदिदा पनि सरकार निदाएको भन्दै नेविसंघ फेरी उर्लियो सडकमा

काठमाडौँ । भारत सरकारले नेपालका विभिन्न भुमि लिपुलेक, लिम्पियाधुरा र कालापिानी समावेस गरी नक्सा सार्वजनीक गरेपछि दैनिक जसो भारतका विरुद्धमा प्रर्दशन भैरहेका छन् ।

विभिन्न राजनीतिक दल निकट विद्यार्थि संगठन किशान, मजदुर, लगाएत सबैले बिरोध जनाईरहेका छन् । मिचिएको सिमा फिर्ताका लागि भारतसंग वार्तागर्न आग्रह गर्दै दैनिक जसो सरकारलाई दबाद दिन बिरोध प्रर्दशन देखी लिएर हरेक कार्यक्रमहरु भैरहेका छन् ।

यसै क्रममा नेपाली कांग्रेस निकट विद्यार्थि संघ नेवि संघले केहि दिनदेखि सरकारलाई दबाब दिन काठमाडौंका विभिन्न स्थानमा प्रर्दशनलाई जारी राखेको छ । उक्त मिचिएको सिमा फिर्तादिलन सरकारलाई आग्रह गर्दै आन्दोलनलाई जारी राखेको छ ।

उक्त सङ्घले सीमा मिचिदा पनि सरकार निदाएको भन्दै राजधानीको नेपालटारमा आज विरोध प्रदर्शन गरेको छ ।नेविसंघ सामुदायिक क्याम्पस समितिका अध्यक्ष परोपकार अधिकारीको नेतृत्वमा भएको विरोध र्‍याली नेपालटारबाट सुरु भएर बाइपास, माछापोखरी हुँदै पुनः नेपालटारमा गएर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई नेविसंघ सामुदायिक क्याम्पसका अध्यक्ष परोपकार अधिकारी, नेविसंघ आर आर क्याम्पसका सचिव अनुराग शाह, नेविसंघका नेता सुशान्त सिटौला, ग्रामीण आदर्श क्याम्पसका नेता मातृका तिमल्सिना, राजेन्द्र फुयाँल, दीपेन्द्र ढकाल र चन्द्र रावत लगायतले सम्बोधन गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्ने नेविद्यासङ्घका नेताहरूले सरकार सीमा मिचिदा पनि कान तेल हालेर बसेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । विरोध र्‍यालीमा सयौँ विद्यार्थीहरूले सहभागी जनाएर सरकार तिमी मौन किन भनेर प्रश्न पनि गरेका थिए ।