आर्थिक

सनराइज बैंकको भजनीमा शाखा तथा दधिकोट र धापासीमा एक्सटेन्सन काउण्टरहरु बिस्तार

काठमाडौं । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्राय साथ सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा र एक्सटेन्सन काउण्टर विस्तार गर्दै आइरहेको बताएको छ ।

यसै क्रममा बैंकले कैलाली स्थित भजनीमा १२३ औं शाखा संचालनमा ल्याएको छ । बिहिबार आयोजित उद्घाटन कार्यक्रममा भजनी नगरपालिकाका नगर प्रमुख शेर बहादुरचौधरी र सन्राइज बैंकका नायव प्रमुखकार्यकारी अधिकृत आशा राणा अधिकारी लेसंयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरेका छन् ।

उक्त कार्यक्रममा बैंकका अन्यपदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । सोहि दिन बैकले भक्तपुर स्थित दधिकोटमा ७औं तथा काठमाडौं स्थित धापासीमा८औं एक्सटेन्सन काउण्टरहरु पनि विस्तार गरेको छ ।

हालसम्म सनराइज बैंकले१२३ वटा शाखा, ३८ वटा शाखा रहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४४वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालकाअन्य स्थानहरुमा पनि थपशाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरु संचालनगर्ने योजना रहेको जनाएको छ ।