आर्थिक

लुम्बिनी विकास बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । लुम्बिनी विकास बैंकले श्री सिद्घ माध्यामिक विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्र्तगत पोखरा महानगरपालिका वडा नं १५ रामबजार स्थित उक्त विद्यालयलाई शैक्षिक सामाग्री खरीदका लागि विकास बैंकका संचालक सुशिल राज पराजुली द्वारा विद्यालय व्यवस्थापन समितिलाई बिहिबार आर्थिक सहयोग वापत रु साठी हजार चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै विकास बैंकका संचालक श्री सुशिल राज पराजुलीले लुम्बिनी विकास बैंक लि. ले जीवन उपयोगी शिक्षाको ज्योती फैलाउदै समग्र देशको समुन्नतीको लागी योग्य जनशक्तिको आधार तयार गर्दै आएका यस किसिमका विद्यालयहरुलाई विभिन्न किसीमले सक्दो सहयोग गर्दै जाने बताएका हुन् ।

लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ६५ शाखाहरु र १४ वटा एटिएमबाट आफ्ना ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधि सहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।