स्वास्थ्य

चिकित्सक सङ्घको अध्यक्षमा कार्कीको उम्मेदवारी

काठमाडौं । चिकित्सकको साझा छाता सङ्गठन नेपाल चिकित्सक सङ्घको आगामी नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा चिकित्सक लोचन कार्कीले उम्मेदवारी दिने भएका छन् । चिकित्सक कार्की अहिले सङ्घको महासचिव हुन् । आगामी माघमा सङ्घको नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । लोकतान्त्रिक चिकित्सक सङ्घको आज बसेको बैठकले उनलाई सो पदमा उठाउने निर्णय गरेको हो ।

सङ्घका अध्यक्ष चिकित्सक मुक्तिराम श्रेष्ठसहित पूर्वअध्यक्षहरु चिकित्सक केदारनरसिंह केसी, अञ्जनीकुमार झा र चोपलाल भुषालसहितको टोलीले सर्वसम्मतरूपमा महासचिव कार्कीलाई अध्यक्ष पदमा उठाउने निर्णय गरेको जानकारी अध्यक्ष श्रेष्ठले जानकारी दिए । यसअघि, चिकित्सक पुष्पमणि खरालले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरिसकेका छन् । विसं २००७ फागुन २० गते नेपाल चिकित्सक सङ्घको स्थापना भएको थियो ।