समाचार

प्रतिवर्ष ४, ६२२ दुर्घटना पुग्दापनि कान नसुन्ने मन्त्री महासेठ नहटाएसम्म सडक सुध्रंदैनः डा संग्रौला

काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा डिला संग्रौलाले मन्त्री महासेठलाई पदमुक्त नगरेसम्म सडक सुधार हुन नसक्ने ठोकुवा गरेकी छन् । प्रतिनिधि सभा साासद समेत रहेका नेतृ संगौलाले महासेठले १५ दिन र एक महिनामा गर्छु भनेका कामहरु बर्षदिन कट्दापनि सिन्को नभाँच्नाले उनले काम गर्न नसक्ने प्रमाणित भएको भनदै उनलाई निकाल्नपर्ने बताएकी छन् । दशैं दितहार लगायतमा दिनहँ दुर्घटना भएका दृष्टान्त बढीरहेकोतर्फ ध्यान दिन आग्रह गरेपनि त्यसतर्फ धयान दिनुभन्दा दुर्घटनाको तथ्यांक दिनानुदिन बढ्दै प्रतिवर्ष ४, ६२२ पुग्दापनि विवाददित काममा मात्र लागेको नेतृ संग्रौलाको दाबी छ ।

उनले भनेकी छन्, ‘हरेक दिन नेपालका सडकमा कैयौं सर्वसाधारणको ज्यान गइरहेको छ, सयौं घाइते भइरहेका छन्। सरकारले अत्याधिक सजगता अपनाएर, सुरक्षा व्यवस्था कडा पारेको भनेको दशैँ, तिहारको बीचमा (१०–१२ दिनमा) भएका सडक दुर्घटनाहरुमा मात्र झन्डै १५० जनाको ज्यान गएको छ। तर न सरकार बोल्यो, न सम्बन्धित मन्त्री। सबैले अनुभव गरेको र विज्ञहरूले लामो समयदेखि भन्दै आएको कुरा नेपालमा सडक सुरक्षाको स्थिति दयनीय छ। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा सडक दुर्घटनाको तथ्यांक दिनानुदिन बढ्दै प्रतिवर्ष ४, ६२२ पुगेको छ। म सम्माननीय प्रधानमन्त्रीज्यूलाई अब हुने भनिएको मन्त्रीपरिषद पुनर्गठनमा यातायात मन्त्री रघुवीर महासेठलाई पद मुक्त गर्न, यातायात सुरक्षालाइ उच्च प्राथमिकता दिने सांसदलाई मात्र उक्त पदमा नियुक्त गर्न तथा सडक सुरक्षा विधेयक जति सक्दो चांडो संसदमा लैजान निर्देशन दिनुहुन आग्रह गर्दछु। आर्थिक चलखेलमा मात्र ध्यान दिने भनेर विवादमा आएका मन्त्री महासेठले संसदमा हामीले प्रस्तुत गरेको सडक सुरक्षा सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव माथि छलफल गर्न समय नदिएर आपराधिक कार्य गरेको हाम्रो ठहर छ। त्यसको साथै गत वर्ष माघ महिनामा प्रतिनिधि सभामा भएको सार्वजनिक महत्वको सडक सुरक्षा विषयको प्रस्ताव माथि छलफल हुँदा मन्त्री महासेठले दिएको वक्तव्यमा उनले १५ दिनमा यो गर्छु र १ महिनामा त्यो गर्छु भनेको कुरा संसदको रेकर्डमा सुरक्षित छ, ती कुरा यस १० महिनाको अवधिमा केही पनि पुरा नभएकोले उनले संसदलाई झूक्याएकाले त्यसलाई जनताको अपमानको रूपमा लिएको छु।’