आर्थिक

ज्योति विकास बैंक र युनाइटेड रेमिट बीच सम्झौता

काठमाडौं । ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा युनाइटेड रेमिटसगं रेमिट सेवाको लागि सम्झौता गरेको छ ।

बुधबार ज्योति विकास बैंक र युनाइटेड रेमिटबीच उक्त सहकार्य सम्झौता भएको छ । सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा तथा युनाइटेड रेमिटको तर्फबाट युनाइटेड रेमिटका सहायक महाप्रबन्धक प्रविन अधिकारीले हस्ताक्षर गरेका हुन् ।

प्रतिष्ठित चौधरी ग्रुपद्वारा प्रवर्धित युनाइटेड रेमिटले साउदि अरब जस्ता मुलुकहरुबाट गुणस्तरिय रेमिट सेवा प्रदान गर्दै आएको छ । यस सम्झौता पश्चात युनाइटेड रेमिटको रेमिट सेवा ज्योति विकास बैंकको जुनै पनि शाखा कार्यालयबाट लिन सकिनेछ ।

ज्योति विकास बैंकको मुलुकभर रहेका१०२ वटा शाखाबाट युनाइटेड रेमिटको देश – विदेशबाट हुने रेमिट सेवा उपलब्ध हुनेछ । हाल ज्योति विकास बैंकले१०२ शाखाका र्यालय, एक्सटेन्सनकाउन्टरत था ४१ ATM  मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

साथै यस आर्थिक बर्ष भित्रनै अन्य थप२५ स्थानबाट समेत ATM मार्फत सेवाप्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २लाख ४०हजार भन्दा बढिखाताबाट रु। ३०अर्ब भन्दा बढि निक्षेपसंकलन गरी २०हजार भन्दा बढि ऋणीलाईरु । २६अर्व भन्दा बढिलगानी गर्न सफल भएको जनाएको छ छ।