राजनीति

नेता गुरुङको प्रश्नः नेपाललाई भारतले लग्दापनि नबोल्ने ओली सरकारको पार्टीलाई भोट दिँदा पाप लाग्दैन र ?

धरान । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले कालापानी, लिपुलेक र लिम्पियाधुरा सन्देशले धरानबासीलाई कम्युनिष्टलाई मतदान नगर्न भनेको भन्दै राष्ट्रियताका लागि काँग्रेसलाई मतदान गर्न आग्रह गरेका छन् । नेता गुरुगंले धरान उपमहानगर पालिकाको उपनिर्बाचनको मनोनयन दर्ता पछिको सभामा बोल्दै उक्त कुरा बताएका हुन् ।

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदार, केन्द्रीय सदस्य मीन विश्वकर्मा, युवा नेता रामहरी खतिवडा, तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत लगायत नेताहरुको उपस्थितिमा तीलक राईको उम्मेद्वारी दर्ता गराउन गएको जुलुसमा बोल्दै नेता गुरुगंले काँग्रेसलाई जिताएमात्र राष्ट्रियताको रक्षा हुने हुँदा त्यसतर्फ ध्यान दिन सुनसरीबासीलाई आग्रह गरेका छन्। काँग्रेसलाई सरकार भन्दा राष्ट्रियता प्यारो हुने भन्दै काँग्रेसले जे पायो उयही नबोल्ने तर बोलेको पुर्याउने ईतिहासलाई मुल्याँकन गर्न जनतालाई भनेका छन् ।
नेता गुरुङले आग्रह गर्दै भने, ‘धरान नगरबासीलाई कालापानी, लिपुलेक र लिम्पियाधुराको माटोको सन्देश छ, हामीलाई भारतले आफ्नो नक्शामा पारिसक्दा पनि वोल्न नसक्ने सरकारको प्रतिनिधिलाई मत नदिनु’ उनले कम्युनिष्टलाई यसै अवस्थामा मतदान गरे पाप लाग्छ।