समाचार

कालापानिको धरानेलाई सन्देश ‘कम्युनिस्टलाई मतनदेऊ’

धरान । नेली कांग्रेसका केन्द्रीय तहका नेताहरुले आगामी मङ्सिर १४ गते हुने निर्वाचनमा धरान बासिलाई कालापानि बासिले कम्युनिस्टलाई मत नदेऊ भनेर सन्देश पढाएको बताएका छन ।

कालपानी, लिपुलेक , लिम्पीयाधुरा , दार्चुलाका नागरिकहरुले कम्युनिस्टलाई मत नहाल्नु भन्ने सन्देश धरानमा लिएर आएको बताउदै नेपाली कांग्रेसका केन्द्रीय नेता धनराज गुरुङ्गले नेपाली भुमि भारतको नक्सामा पर्दा चुइक नबोलि खुट्टाक माउने कम्युनिस्टका नेताहरुलाई भोट दिए पाप लाग्ने बताएका थिए ।

प्रधानमन्त्री केपि ओलिकाकारण गणतन्त्र खतरा परेको गुरुङ्गले आरोप लगाए । बेला बेलामा केपिओलिले मिडियामा गणतन्त्र खतरामा छ भनेर गोहिको आशु झार्ने गरेको बताउदै गुरुङले ओलिको कारण देशमा भष्टचार बढेको , गरिबी जनताको करले राष्ट्रपतिलाई अरबौको हेलिकप्टर किने पछि गणतन्त्र खतरामानपरे के पर्छ? भनिप्रश्न गरेका थिए ।

दुई तिहाइको बहुमतको सरकारले गणतन्त्र खतरामा पर्यो भन्ने कम्युनिस्टलाई भोट नदिन धराने जनतालाई आग्रह समेत गरे । नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले जिते धरान नेपालको हंङकगबजार जस्तै बिकसित बनाउने दाबि नेपाली कांग्रेसका केन्द्रीय उपसभापति बिजयकुमार  गच्छदार गरेका छन ।

बुधबार उमेदवारी दर्ता पछिको कोणसभालाई सम्बोधन गच्छदार ले धराने जनतालाई कांग्रेसको रुख चिन्हमा मत लगाएर तिलक राईलाई बिजय गराउन आब्हान समेत गरे । 

उनले भने धरान सुनसरीको मात्रसहर हैन यो त नेपालको सुन्दर पर्यटकिय क्षेत्र हो यसलाई नेपाल हङकङ बजारको रुप दिन नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले जित्नै पर्छ । यो निश्चितपनि छ आजको जन लहरले धरानमाकांग्रेसले जितको संकेत गराई सकेको उनले बताए ।

धरान १२ छाता चोकमा भएको कोण सभामा गछ्यदारले कम्युनिस्ट बिकाश बिरोधी भएको समेत आरोप लगाए । २०५० सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री छदा धरानमा बिपि कोइरला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको परिकल्पना गरि शिलान्यास गर्न आउदा यहाका कम्युनिस्टले ढुङ्गामुठा गरेको स्मरण गर्दै गछ्यदारले बिपि प्रतिष्ठानले धरानको मुहारनै परिवर्तन गरि दिएको दाबि गरे ।

२०५० सालमा उजाड बन्दै गएको धरानमा कांग्रेसकै नितिका कारण स्वास्थ्य सेवाको केन्द्र बनेको गछ्यदारले दाबि गरे । कांग्रेस राजनीति गर्न मात्र धरानन आउने बिकास गर्न आउने गरेको बताउदै उनले धरानदेखि चतरा हुँदै काठमाडौ सम्मको सडकको परिकल्पना कांग्रेसले गरेको दावि गरे ।२०४६ साल देखि कम्युनिस्टले जितेको यस धरान यस बर्ष लालकिल्लातोडिने समेत उद्बघोष गरे ।

त्यस्तै मेयरका उम्मेदवार तिलक राईले अपूरा योजना पूरा गर्न कांग्रेसले जितआतीआवश्यक रहेको बताए । धरानमा खानेपानी, बसपार्क , विमानस्थलको योजना अपुरो रहेकाले पूरा गर्न धरान बासिलाई कांगे्रसलाई मतदिन आग्रह गरेका थिए ।

धरानबाट जयकुमार राई, कृष्ण कुमार राई, किरण राई, कुन्तिशर्मा,लिलाश्रेष्ठ , मनमोहनअधिकारी सांसद बनेका तर ठुला योजनाकुनै पनि धरानमा नपारेको आरोप समेत तिलक राईले लगाए ।

हालसम्म कम्युनिस्ट नेताहरुले शिलान्यास गरेका एउटा पनि योजनाहारु सम्पन नरहेको बताउदै राइले धरानमा बिपि कोइरला स्वास्थ्य बिज्ञान पतिष्ठान गिरिजाप्रसाद कोइरलाले २०५० माशिलान्यास र २०५४ मा कृष्णप्रसाद भट्टराईले उद्घाटन गरे यतिकुनै पनि योजना पूरा नभएको बताए ।