स्वास्थ्य

आज मधुमेह दिवस, अल्का अस्पतालद्धारा निशुल्कस्वास्थ्य शिविर सुरु

काठमाडौं । अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरका विहिबार निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । विहान साढे ९ बजेबाट सुरु भएको शिविर अपरान्ह ४ बजेसम्म चल्नेछ ।

अस्पताल र काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टरको संयुक्त आयोजनामा शिविर भएको हो । शिविरको मुख्य विशेषता भनेको र्याण्डम ब्लड सुगर, एचबिएवान सी, ७ दिनदेखि १० दिन सम्मका लागि निशुल्क औषधि बितरण र २८ दिनभित्र एक पल्ट निशुल्क फलोअप हो ।

शिविर आयोजना अघि अल्का अस्पतालले सचेतनामुलुक र्याली निकालेको छ । र्याली अल्का अस्पतालबाट जावलाखेल चोक हुदैँ कुमारीपाटी, लगनखेल, मंगलबजार, पुल्चोक हुदैँ पुन अस्पताल परिसरमा नै आएर टुंगिएको थियो ।

मधुमेह कसरी थाहा पाउने  ?
वरिष्ठ चिकित्सक अंशुमाली जोशी

खाना रुचेर पनि तौल घटदै जाने ।
पिसाव सामान्य भन्दा धेरै पटक लाग्ने ।
मुख सुख्खा हुने, प्यास धेरै लाग्ने ।
भोक बढी लाग्ने तर दुव्लाउदै जाने ।
कमजोरी हुने र खुट्टाहरु झम्झमाउने ।
खुट्टाहरु पोल्ने ।
पिसावमा कमिलाहरु देखिने ।
घाउहरु छिटो निको नहुने ।

कसरी बच्ने  ?

हरेक स्वस्थ मानिसले वर्षमा एक पटक मधुमेहको जाँच गराउने।
मधुमेह विरामीले खानपान र जीवनशैलीमा गर्नुपर्ने सुधार गर्ने।

सामान्य खानपान अपनाउनु राम्रो । क्यालोरी भएको चिज अर्थात भात, मैदा, (आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्नु राम्रो ।
व्यायम नियमित गर्ने । व्याडमिन्टन लगायतका अन्य खेल खेल्ने।
दिनमा कम्तिमा आधा घण्टा हिड्ने ।