पु.समाचार

नफल्ने धानको बिउँ सिफारिस गरी किसान ठग्ने कर्मचारी र ब्यापारीलाई कारबाही होस्ः नेता रावल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भिम रावलले नफल्ने गरिमा जातको धानको बिउँ सिफारिस गर्ने कर्मचारी र संलग्न ब्यापारीलाई कार्वाई गर्न सरकारसंग आग्रह गरेका छन् ।

साथै यस्तो बिउँको कारण धान नफलेर पीडित भएका कैलाली लगायत जिल्लाका किसानहरूलाई उचित क्षतिपूर्तिको माग समेत गरेका छन् ।

श्रमिक जनताको हित गर्ने  कम्युनिष्ट पार्टीको नीति अनुरूप नेपाल सरकारले पाइला चाल्नुपर्नेमा उनले जोड दिएका छन् ।

उनको ट्वीटः नफल्ने गरिमा जातको धानको बिउँ सिफारिस गर्ने कर्मचारी र संलग्न ब्यापारीलाई कार्वाई गरियोस् । यस्तो बिउँको कारण धान नफलेर पीडित भएका कैलाली लगायत जिल्लाका किसानहरूलाई उचित क्षतिपूर्ति दिइयोस् । श्रमिक जनताको हित गर्ने कम्युनिष्ट पार्टीको नीति अनुरूप नेपाल सरकारले पाइला चालोस् ।