प्रदेश 2

हरिपुर्वा नगरपालिकामा वडाध्यक्षमा सात जनाको उम्मेदवारी

सर्लाही । जिल्लाको हरिपूर्वा नगरपालिका–१ मा आगामी मङ्सिर १४ गते वडाध्यक्षका लागि हुने उपनिर्वाचनका लागि सातजनाले उम्मेदवारी दर्ता गराएका छन् । दुईजना स्वतन्त्रसहित सातजनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट दोष मोहम्मद अन्सारी, नेपाली काङ्गे्रसका तर्फबाट रामप्रीत पासवान, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट रामविश्वास राय, समाजवादी पार्टीबाट श्यामबाबु राय, सिके राउत नेतृत्वको जनमत पार्टीबाट दिनेश राय यादव तथा मनोजकुमार राय र मनोजकुमार यादवले स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का तर्फबाट विजयी वडाध्यक्ष इसाक अन्सारीको गत वर्ष निधन भएपछि हरिपूर्वा नगरपालिका–१ मा उपनिर्वाचन हुन लागेको हो । वडाका एक हजार ३५६ जना मतदाताले हरिपूर्वा–१, स्थित वडा कार्यालयमै रहने दुई मतदान केन्द्रबाट मतदान गर्नेछन् ।