राजनीति

भारतले कालापानी खाँदा झिनामासिना भन्ने संचारमन्त्री गैरजिम्मेवारः नेता केसी

काठमाडौ । नेपाली काँग्रेसका नुवाकोट सभापति जगदीशनरसिँह केशीले ओली सरकार कालापानी, लिपुलेक र लिम्पीयाधुरा भारतको नयाँ नक्सामा पार्दा यस्ता कुरा झिनामशिना भन्दै चर्को स्वरले संचारमन्त्री कराएको देख्दा संबेदनशीन नभएको बताएका छन् । कम्युनिष्टले निर्बाचन जित्नका लागि नाकाबनदीका बेला भारतीय पक्षले गरेको नाकाबन्दीका बिरुद्धमा बोलेको प्रमाािणत भएको उनले बताए ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा मंगलबार देखि प्रदेश न ३ को राजधानि हेटौंडामा ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई भैरहेको प्रशिक्षण कार्यक्रममा आफ्नो महत्त्वपूर्ण भनाई राख्दै नेपाली कांग्रेस नुवाकोटका सभापति तथा संबिधान सभाका सदस्य जगदिश्वर न के सिले भने १८ किलो सुन पीत्तल बनाउने, वाईडबडी काण्डमा भएको भ्रष्टाचार, निर्मला पन्तको बलात्कार र हत्याको अपराधी पत्ता लगाउन नसक्नु, बालुवाटार जग्गा काण्ड उजागर गर्न नसक्नु, कम्युनिष्टले गरेको झुटको खेती लगायत कम्युनिष्ट सरकारका कमजोरीलाई जनतासँग लान नसक्नु काँग्रेसको कमजोरी भएको बिश्लेशण गरेका छन् ।

नेपाली काँग्रेस भस्माशुर जस्तो भएर नचल्ने भन्दै पार्टीभित्र कसैलाई पाखा लगाउने तरीकाले काँग्रेस झन कमजोर हुने हुँदा त्यसतर्फ सचेत हुन नेतृत्वलाइ सचेत समेत गराए ।