आर्थिक

कामनाको १३औंवार्षिकोत्सव भब्य रुपमा समुद्घाटन

काठमाडौं । कामना सेवा विकास बैंकको १३ औं वार्षिकोत्सवको उपलक्ष्यमाशाखा तथा केन्द्रीय कार्यालय रहेको भवनको उद्घाटन सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवं माननीय अर्थमन्त्री डा. युवराज खतिवडाले वार्षिकोत्सव समारोहमा उक्त भवनको समुद्घाटन गरेका थिए । यसै गरी अर्थमन्त्री खतिवडाले सफ्ट ओपनिङ गरी बैंकिङ कारोबार सञ्चालन गरेका ५२ वटा शाखा कार्यालयको समेत विद्युतिय माध्ययमबाट एकैसाथ औपचारिक उद्घाटन गरेका थिए ।

बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाडौं लगायत विभिन्न शाखाहरुमा बृहत रक्तदान कार्यक्रम, अन्तरप्रदेश फुट्सल प्रतियोगिता, बृद्ध बृद्धाहरुको निशुल्क आँखा जाँच तथा शल्यक्रियाको व्यवस्था, विभिन्न सरकारी विद्यालयमा अध्ययन गर्ने न्यून आय भएका परिवारका बालबालिकाहरुलाई स्कूल ब्याग तथा स्टेशनरी वितरण, बृक्षारोपण, सरसफाई, कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयरकाठमाडौं स्थितप्रेम सागर फाउण्डेसनको “जनभोजन” कार्यक्रमको लागि आर्थिक सहयोग प्रदान गर्नुका साथै विभिन्न कार्यक्रमहरुको आयोजना गरेको थियो ।

साथै, सोही अबसरमा न्यून आय भएकापरिवारका बालबालिका लागि पोषण युक्त खाना खुवाउने काम गर्दै आएको सामाजिक संस्था पुड फर नेपाललाई बैंकका कर्मचारीहरुका तर्फबाट “प्रति दिन १ रुपैयाँ” योजना अन्र्तगतप्रदान गरिएको एकमुष्ट रु.१ लाख १२ हजार ९० रुपैयांको चेक हस्तान्तरण गरिएको थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले शुभकामना मन्तव्य दिनु हुंदै बैंकले छोटो अवधिमा राम्रो प्रगति गरी एउटा अब्बल बैंक बन्न सफल भएकोमा आगामी दिनमा बैंक बझै मजबुत हुदै जाने र देशको अर्थिक विकासमा टेवा पुराउने कुरामा आफू विश्वस्त रहेको बताए । उनले हाल देशमा ढुक्क भएर काम गर्ने व्यवसायिक वातवरण बनेको समेत बताए ।

नेपाल राष्ट्र बैंकका कामु. गभर्नर चिन्तामणी शिवाकोटीले कामना सेवा विकास बैंकको सबै सूचकाङ्कहरु हेर्दा अब्बल विकास बैंक मध्येको एक विकास बैंक भएको बताउंदै बैंकिङ क्षेत्रमा विभिन्न खाले जोखिम र चुनौतीहरु थपिंदै गएको हुंदा कर्मचारी तथा सञ्चालकहरु अत्यन्तै चनाखो भएर काम गर्न सुझाव समेत दिनु भयो ।उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी योजना तथा रणनीतिको बारेमा प्रकाश पारेका थिए । बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षमा सम्पन्न समुद्घाटन कार्यक्रममा सञ्चालक भिम प्रसाद तुलाचनले स्वागत तथा संस्थापक कृष्ण आचार्यले संस्थापकको तर्फबाट मन्तव्य व्यक्त गरेका थिए ।