प्रदेश 2

उपनिर्वाचन २०७६ः राउतको पार्टीबाट अन्जनीदेवीले दिईन् उम्मेदवारी

जलेश्वर । निर्वाचन प्रक्रियामा पहिलो पटक होमिएको डा सिके राउत नेतृत्वको पार्टीबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा एक महिलाले उम्मेदवारी दिएकी छन् ।

गाउँपालिकाको अध्यक्ष पदमा डा सिके राउत नेतृत्वको जनमत पार्टीबाट पिपरा गाउँपालिका–५ स्थायी घर भएकी अञ्जनीदेवी मण्डलले उम्मेदवारी दिनुभएको सो पार्टीका महोत्तरी जिल्ला इन्चार्ज सञ्जय यादवले बताएका छन् ।

उम्मेदवार मण्डल सो पार्टीको तर्फबाट ‘लाउडस्पिकर’ छाप लिएर चुनावी मैदानमा उत्रिएका छन् । पहिलो पटक पार्टी चुनावमा आएको र केही अलग गर्ने उद्देश्य रहेको बताउनुहुँदै उम्मेदवार मण्डलले आफ्नो पार्टीले चुनाव जित्ने जिकिर गरे ।