प्रदेश 1

नेता गुरुङ/खतिवडा लागेपछि राईको विजय निश्चित, धरानमा कम्युनिष्टको घमण्ड तोडिने देखियो

सुनसरी । धरान उपमहानगरपालीकाको मेयरका लागि नेपाली काँग्रेसका तर्फबाट उमेर्द्वारी दर्ता गरेका तिलक राईसंँग केन्द्र्रीय सदस्य धनराज गुरुङ, युवा नेता रामहरी खतिवडालगायत नेताहरुको उपस्थिति रहेको छ। राई, गुरुङ, नेवार लगायत अधिकाँस जनजातीको उल्लेख्य बसोबास रहेको उक्त क्षेत्रमा युवा नेताहरुको उपस्थितिमा उमेर्द्वारी हुनुले नेकपा उमेर्द्वार आत्तिएको स्थानीय काँग्रेसले बताए ।

काँग्रेसका उमेर्द्वार तिलक राई स्थानीय क्षेत्रमा लोकप्रीय छन् त्यसमा पनि काँग्रेस केन्द्रीयबाट धनराज गुरुङ जस्ता लोकप्रीय नेता तिलक राईलाई मतदान गर्न जनतालाई आग्रह गर्न लागीपरेपछि स्थानीय जनता खुशी भएको बताईरहेका छन् ।

नेकपा बिगतमा जस्तै आफूहरु निर्बाचन जित्ने भन्दै ढुक्क छ तर यसपटक काँग्रेसले केन्द्रबाट पनि निर्बाचन जसरीपनि जित्न उचित रणनीति अपनाएको छ भने नेकपासँग पछिल्लो समयमा नेपाली जनता रुष्ट भएको समय छ, यस अवस्थामा नेकपाको भन्दा काँग्रेसको बलियो रहेको स्थानीयको बनाई छ ।

स्थानीयको भनाईमा ओली सरकारको रेल चलाउने दिवास्वप्न अनुसार नेकपाको धरानको जित हो उनीहरुले सुर्यखबरलाई बताए । तिलक राई घरदैलोमा गएर बुढाबुढीको आशिर्बाद लिएका तस्वीरहरु भाईरल भईरहेका छन् । राईले कम्युनिष्टको किल्ला जसरी पनि तोड्ने दाबी गरेका छन् ।