राजनीति

नेपाली भुमी फिर्ता लिन पार्टीको झण्डा बोकेर होईन सबै नेपाली एक भएर जुटौंः प्रवक्ता आचार्य

काठमाडौं । साझा पार्टीका प्रवक्ता सुर्यराज आचार्यले जस्तो सुकै समस्याको समाधान पनि सामुहिक प्रयास बाट हुने भन्दै एकजुट भएर अघि वढ्नु पर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीरमार्फत प्रवक्ता आचार्यले भारलले नेपालका भुमी समावेश गरी सकर्वजनिक गरेको नक्साका विरुद्ध कुनै पार्टी नभनि सबै एक हुनुपर्नेमा जोड दिएका हुन् ।

पछिल्लो नाकाबन्दि या भारतले निकालेको गलत नक्सा मुलुकको स्वार्थको बिषयमा दलका नेताको लटर–पटरलाई चिरेर नेपाली जनता एक ठाउमा आएमा त्यसले परिणाम दिएको र दिने बताएका छन् ।

साथै चल्तिको विकृत राजनीतिलाई सच्याउने बिषयमा पनि सकारात्मक सोच सहित सबै एक जुट बन्न आग्रह गरेका छन् ।

उनको ट्वीटःपछिल्लो नाकाबन्दि या भारतले निकालेको गलत नक्सा भन्नोस, मुलुकको स्वार्थको बिषयमा दलका नेताको लटर(पटरु लाई चिरेर नेपाली जनताको अडान स्पष्ट छ। त्यसले परिणाम दिएको छ। चल्तिको विकृत राजनीतिलाई सच्याउने बिषयमा पनि सकारात्मक सोच सहित हामी सबै एक जुट बनौं। परिणाम निस्कन्छ।