राजनीति

देउवा भन्छन्ः डा कोसीका माग सबै नेपालीका हुन्, ओलीले कहिल्यै अनशन बस्नुनपर्नेगरी माग पुरा गरुन्

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अस्पताल सुधारका लागि अनशन बसेका शिक्षण अस्पतालका निबृत चिकित्शक प्रा.डा. गोबिन्द केसीका मागप्रति ऐक्यबद्धता प्रकट गरेका छन् । सभापति देउवाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आज राष्ट्रियताको कारण देखाउँदै अनशन स्थगीत गरेकोमा धन्यबाद दिँदै सभापति देउपाले भनेका छन्, ‘अनशन स्थगित गर्नुभएकोमा डा.गोविन्द केसीजीलाई हार्दिक धन्यवाद दिन चाहन्छु। तपाईंले मेडिकल शिक्षा सुधारकोलागि उठाउनु भएको मागहरु जायज छ्न्। यो तपाईंको माग नभएर सम्पुर्ण जनताको माग भएको छ।’

सभापति देउवाले गोबिन्द केसीका माग भनेको विश्वभरका नेपालीको माग भएके र सरकारले उनका माग पुरा नगर्नु दुःखद भएको बताएका छन् । उनले अब सरकारले डा केसी कहिल्यै अनशन बस्नुनपर्नेगरी नेकपा दुईतिहाई मतको सरकारले जनताका माग पुरा गर्नुपर्ने धारणा राखेका छन् ।

उनको स्टाटस् जस्ताकोतस्तै, ‘अनशन स्थगित गर्नुभएकोमा डा.गोविन्द केसीजीलाई हार्दिक धन्यवाद दिन चाहन्छु। तपाईंले मेडिकल शिक्षा सुधारकोलागि उठाउनु भएको मागहरु जायज छ्न्। यो तपाईंको माग नभएर सम्पुर्ण जनताको माग भएको छ। जनताको मागलाई यो सरकारले वास्ता नगर्नु दुःखद र दुर्भाग्यपूर्ण छ। नेपाली कांग्रेस तपाईंको मागको जोडदार समर्थन गर्दै तत्काल वार्ता मार्फत फेरि कहिले अनशन बस्नु नपर्ने गरी समस्याको स्थायी समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ। जयनेपाल’