पु.समाचार

मुलुक बचाउन नसकेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग्दै उर्लियो नेविसंघ सडकमा

काठमाडौं । भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगाएतको भुमि समावेसगरी नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा दैनिक जसो  पर्दशनहरु भैरहेका छन् । विभिन्न राजनीतिक दल निकट विद्यार्थिसंगठन देखि लिएर सम्पुर्ण नेपाली यतिबेला मुलुकको भुर्मि फिर्ता लिनलाई कम्मर कसेर लागेका छन् ।

यसै क्रममा आज नेपाली कांग्रेस निकट विद्यार्थि संगठन नेविसंघ काठमाडौंको सडमा उर्लिएको छ ।  विरोधमा उत्रिएका उनिहरुले राष्ट्रियता जोगाउन ओली सरकार असफल भएको भन्दै प्रधानमन्त्री केपि शर्मा ओलीको राजिनामा माग गरेका छन् । भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेको विरोधमा आज (मंगलबार) प्रदर्शनमा उत्रिएका नेविसंघका विद्यार्थीले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् ।

नेविसंघ काठमाडौंको आयोजनामा चाबहिलमा गरिएको विरोध प्रदर्शनमा सहभागीहरूले ‘सरकार कता हरायो रु राष्ट्रियता जोगाउन किन डरायो ? ’, ‘केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो’, ‘साथ दिन प्रतिपक्षी यहाँ छ, प्रधानमन्त्री ज्यू हाम्रो कालापानी कहाँ छ ? ’ लगायतका नारा लेखिएका प्लेकार्ड, ब्यानर र राष्ट्रिय झण्डा बोकेका थिए ।

यस्तै गत शुक्रबारको प्रदर्शनमा उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद’ लेखिएको कालो ब्यानरसहित प्रदर्शन गरेका थिए । आजको प्रर्दशन भने सरकारले नेपालि भुमि जोगाउन नसकेको भन्दै सरकारतिर खनिएको थियो ।  भारतले भर्खरै सार्वजनीक गरेको नयाँ नक्सामा लिपुलेकल, कालापानी, मिम्पियाधुरा लगाएतको नेपालको भुमिलाई समेटेको छ ।

भारतते यस्तो नक्सा सार्वजनीक गरेपछि यसको सर्बत्र तीब्र बिरोध तथा प्रर्दशन भैरहेको छ । राजनीतिक तहमा नेपाली भूभाग फर्काउन पहल गर्ने सहमति बनेको भनिएपनि सत्तारूढदेखि प्रतिपक्षी सम्पुर्णका विद्यार्थी संगठनलगायतले केहिेदिनदेखी भारत सरकारको बिरोधमा देशव्यापी आन्दोलन चर्काएका छन् ।

यति मात्रै होईन मुलुकका विभिन्न कुनाबाट पनि प्रर्दशन भैरहेका छन् साथै सरकारलाई मुलुक बचाउन र नेपाली भुमि फिर्ता लिन अफि गरिरहेको छन् ।