कर्णाली प्रदेश

पर्यटकका लागि कर्णाली राजमार्गमा अग्र्यानिक घरवास

दैलेख । देश–विदेशका पर्यटकको रारामा आकर्षण बढेका बेला कर्णाली राजमार्गको दैलेख खण्डमा उचित खानपीनको व्यवस्थापनमा चुनौती कायमै रहेको छ । पर्यटकको बढ्दो चापलाई मध्यनजर गर्दै कर्णाली राजमार्गमा अग्र्यानिक घरवास ९होमस्टे० सञ्चालन गरिएको छ ।

कर्णाली राजमार्गअन्तर्गत सुवाछेडामा घरवास शुरु गरिएको हो । दुल्लु नगरपालिका–२ सुवाछेडामा सञ्चालन गरिएको ‘अग्र्यानिक कृषि होमस्टे’ को दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले सोमबार उद्घाटन गरेका थिए ।

पछिल्ला दिनमा रारा आवतजावत गर्ने पर्यटकको वृद्धि भएसँगै सुविधाका लागि स्थानीयस्तरबाटै घरवास सञ्चालन गरिएको नगरप्रमुख भण्डारीले बताए । घरवासका लागि अहिले १० घरका स्थानीयवासीको सहमति भएको छ ।

स्थानीयस्तरमा उत्पादन भएको गिठ्ठा, दूध, दही, माछा, लोकल कुखुरा, खसीको मासु, तरुल, ढिँडो, रोटी, फलफूललगायतका परिकार मात्र बिक्री वितरण गर्ने घरवास सञ्चालक समितिका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए ।

घरवास सञ्चालनका लागि नगरपालिकाले रु पाँच लाख रकम सहयोग गरेको छ भने घरेलु तथा साना उद्योग समितिले तालीम प्रदान गरेपछि कृषकलाई सहज भएको छ ।