खेलकुद

प्रिमियर लिगको उपाधिका लागि लिटल फ्लावर र ह्वाइट हाउस भिड्ने

धनगढी । चौंथो संस्करणको निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको उपाधिका लागि लिटल फ्लावर स्कुल र हिमालयन ह्वाइट हाउस भिड्ने भएका छन् । संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा सोमबार भएको पहिलो सेमिफाइनलमा लिटल फ्लावरले नोवेल एकेडेमीलाई ३ विकेट हराउँदै फाइनल यात्रा तय गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नोवेलले १५ ओभर १ बलमा अलआउट हुँदै ५४ रन बनायो । उसका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नोवेलले १९ रन अतिरिक्त पाएको थियो । नोवेलको पारीलाई धरायसी बनाउने क्रममा लिटल फ्लावरका दिपक रोकायले सर्वाधिक ५ विकेट लिए ।

नोवेलले दिएको ५५ रनको सामान्य लक्ष्य लिटलले १२ ओभर ५ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । लिटलका लागि अनिल थापाले १३ रन र विपिन रावलले ११ रन बनाए । नोवेलका लागि अर्जुन सावदले दुई विकेट लिए ।

यस्तै दोस्रो सेमिफाइनलमा हवाइट हाउसले शारदा विद्या निकेतनलाई २२ रनले पराजित गर्दै लिटलसँगको भेट पक्का गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनायो । उसका लागि सुमित श्रेष्ठले २३ तथा विवेक वुढाथोकीले १६ रन बनाए । शारदाका लागि अर्जुन सावद र नरेन्द्र सावदले २र२ विकेट लिए ।

ह्वाइट हाउसले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको शारदाले निर्धारित २० ओभरमा अलआउट हुँदै ८६ रन मात्र बनाउन सक्यो । उसका लागि अनिल थापाले १३ रन र विपिन रावलले ११ रन बनाए । हिमालयका लागि विक्रम ठगुन्ना, नारायण जोशी र आरियो पौडेलले २र२ विकेट लिए ।

संस्कार क्रिकेट एकेडेमीको आयोजनामा जारी प्रतियोगिताको फाइनल बुधबार हुनेछ ।प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।