समाचार

खसी माग्नेदेखी बन्दुक भिराएर तरुण नेतालाई फसाउने डीएसपी बिरुद्ध काँग्रेसको विशाल प्रदर्शन

नेपालगंज । नेपाली काँग्रेस बाँकेले कोहलपुरका प्रहरी प्रमुख डिएसपी हेमबहादुर शाहीले स्थानीय तरुण दलका नेतामार्थी तिघ्रा छेडिदिने धम्की दिएको बिरुद्धमा विशाल र्याली निकालेको छ । नेपाल काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाँडे, किशोरसिंह राठौर, तरुण दलका उपाध्यक्ष उत्तम चापागाईँ लगायतका नेताहरुको नेतृत्वमा प्रदर्शन भएको छ । डीएसपी हेमबहादुर शाहीले तरुण नेताहरुलाई रिसोर्टमा बैठक बसिरहेका बेला खसी माग्दा नदिएको रीस पोख्दै ६ जनालाई हतियार गाडीभित्र हालेर फसाउन खोजिएके भीडियो सार्बजनिक भएके थियो ।

खसी मागेको, तीघ्रा छेडिदिन्छु भनेको र हतियार अपलोड गर्दै उनीहरुलाई डीएसपी शाहीले फसाउन खोजिएके भीडियो सार्बजनिक भएपछि प्रहरीको केन्द्रीय र प्रदेश दुबैले एसएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेका छन् । छानबिन समितिको रिपोर्ट आउन बाँकी भएकैबेला नेपाल्ी काँग्रेसले स्थानीय नेपालगंजमा बिरोध स्वरुप विशाल प्रदर्शन गरेको छ । उनको सरुवागर्नेदेखी निलम्बन र हदैसम्मको कारबाही गर्नुपर्ने उपस्थित प्रदर्शनकारीहरुले बताएका छन् ।