समाचार

गृहमन्त्रीले भने: भारतद्वारा मिचिएको क्षेत्र दार्चुलामा सुरक्षाकर्मी थप्छाैँ

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सीमा सुरक्षा गर्न नसकेको स्वीकार गरेका छन्।

समिति बैठकमा भाग लिँदै उनले याे कुरा स्वीकार गरेका हुन् । `सीमा सुरक्षाको विषय गृह मन्त्रालय मातहत रहेको छ । सुरक्षाकर्मीको अभावले सीमा सुरक्षा दिन सकिएको छैन,´ उनले भने, `सरकार सीमा सुरक्षा विस्तार गर्ने योजनामा रहेको छ। दार्चुलामा सुरक्षाकर्मी थप्छाैँ ।´  

भारतद्वारा मिचिएको भनिएको कालापानी, लिपुलेक र लिम्पीयाधुरामा सुरक्षाकर्मी थप्ने उनको संकेत हो ।