राजनीति

अध्यक्ष दहालले भनेः कालापाली हाम्रो भएकोमा शंकै छैन, कुटनीतिक पहलमार्फत् समाधान गर्नुपर्छ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकलाई सम्बोधन गर्दै उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहलमार्फत महाकालीको सीमा विवाद समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उनले कालापानी, लिम्पीयाधुरा र लिपुलेक नेपालको भूमि भएको कुरामा शंकै नभएको दाबी गरेका छन् ।

उनले समाज र सञ्जालमा विरोधका स्वर उरालेर तथा उत्तेजना फैलाएर समस्या समाधान नहुने बताए ।

अध्यक्ष दहालले भने, ‘लिम्पियाधुरा महाकालीको मुहान हो । महाकाली नदी सीमा नदी हो भन्ने प्रष्ट रहेको छ । यसमा कुनै कन्फ्युजन छैन । प्राप्त प्रमाणहरु संकलन गरेर भारत सरकारसँग गम्भीर वार्ताबाट समाधान गर्नुपर्छ ।

उनले सीमा विवादलाई अन्तरराष्ट्रीयकरण गर्नुभन्दा पनि उच्चस्तरीय कुटनीतिक पहल गर्नुपर्नेमा जोड दिए ।