समाचार

डा केसी देखिए अझै कडा, ‘जनताका माग पुरा नभए मर्न तयार छु तर काठमाडौं जान्न’

डडेलधुरा । १७ औं पटक मेडिकल सुधारको माग राखेर डडेलधुरामा अनशन बसिरहेका शिक्षण अस्पतालका निबृत चिकित्शक डा गोबिन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली गुण्डागर्दी अब मुलुकमा नचल्ने बताएका छन् । अनशन बसिरहेको स्थानमा स्थानीय जिल्ला अस्पतालको आग्रहमा जिल्ला प्रशासन कार्यालयले काठमाडौंबाट मगाएको हेलिकप्टरमा राजधानी जान अस्वीकार गर्दै डा कोसीले उक्त कुरा बतएका हुन् ।

डाक्टरहरुको सल्लाह अनुसार डा केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रदै गएको कारण सुबिधा सम्पन्न अस्पतालमा उपचार गर्नुपर्ने बताएकाले सरकारको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमा राजधानी लान लागेपनि उनले मानेन् । डा केसीले काठमाडौं जान आग्रह गर्दै आएको हेलिकप्टरलाई भने, ‘म मेरो उपचारका लागि भन्दा जनताको अधिकारका लागि आएको हुँ, यहाँबाट मेरामागहरु पुरा नभएसम्म जाँदैजान्न’ । उनले भनेका छन्, ‘सरकारले माग पुरा गरेपछि आफैं काठमाडौं जान्छु कसैले पनि लिन आउनुपर्दैन, बरु मछु जनताका माग पुरा नभएसम्म म काठमाडौं जाँदैजान्न ।’

प्रमुख जिल्ला अधिकारीले पुनः सर्बपक्षीय बैठक बसेर निकास खोज्ने प्रयास गर्ने बताउँदै डा केसीले काठमाडौं जान अस्वीकार गरेपछि अनावस्यक लफडा गर्नबाट पछि हटिएको बताएका थिए । सरकारले पटक पटक सम्झौता गरेपनि उक्त सम्झौता कार्यान्वयन नगरेपछि डा केसी ओली सरकारसँग बिच्किएका छन् ।