राजनीति

केसिको माग व्यक्तिगत स्वार्थका लागि नभई नेपालीको गुणस्तरीय स्वास्थ्यका लागि होः नेता थापा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथ युवा नेता गगन थापाले अनसनत डा गोविन्द केशिको जिवन रक्षाका लागि सरकारसंग माग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक माफर्त एक स्टाटस लेख्दै उनले डा केसिले राखेको माग व्यक्तिगत स्वार्थका लागि नभएकाले तत्काल माग सम्बोधन गर्नआग्रह गरेका छन् ।

साथै उनले डा केसिले व्यक्तिगत स्वार्थका लागि नभएर आम नेपालीको गुणस्तरीय स्वास्थ्यका लागि भएका बताएका छन् । उनले डा केसिको अनसनका बारेमा बेवास्ता  गरिरहेको  सरकारलाई चिच्याएरै भन्नु पर्ने बताएका छन् ।

उनको स्टाटसः डा । गोविन्द केसीको संघर्ष न उहाँको लागि हो न उहाँको आफन्तका लागि  । यो संघर्ष तपाईं हाम्रा लागि हो,आम नेपालीको गुणस्तरीय स्वास्थ्यका लागि हो । सत्याग्रहलाई बेवास्ता गरिरहनुभएको प्रधानमन्त्रीज्यू लाई डा । केसीको अनशनको बारेमा चिच्याएर भनौँ,डा । केसीको माग अविलम्ब सम्बोधन गर र उनको जीवन रक्षा गर ।