खेलकुद

नेपालले आज थाइल्याण्डसंग खेल्दै बी एण्ड आर कप टी–ट्वान्टी क्रिकेटको सुरवात गर्ने

काठमाडौं । नेपाली यू(१९ राष्ट्रिय महिला क्रिकेट टिमले आज (सोमबार) थाइल्याण्डसँग खेल्दै बी एण्ड आर कप टी(ट्वान्टी क्रिकेट प्रतियोगिताको सुरुवात गर्दैछ ।

चीनको संघाईमा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले बलियो टिम थाइल्याण्डको सामना गर्न लागेको हो । नेपाल र थाइल्याण्डबीचको खेल बिहान ११ः१५ मा मा सुरु हुनेछ । नेपाल थाइल्याण्डलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । नेपाली टिम डली भट्टको कप्तानीमा मैदान उत्रने छ ।

यस्तै नेपालले मंगलबार नेपालले दुई खेल खेल्नेछ । पहिलो खेल साउदी अरेबिया र दोस्रो खेलमा चीनको सामना गर्नेछ । यस्तै बुधबार मलेसिया र बिहिबार नेपालले म्यानमारसँग खेल्नेछ ।