खेलकुद

एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल भारतसंग भिडदै

काठमाडौं । भारतमा आयोजना हुने अण्डर–१९ च्यालेन्जर्स एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले आज (सोमबार) भारतको भारत एल्लो टिमसँग खेल्दैछ ।

हैदरावादस्थित जिमखाना मैदानमा हुने नेपाल ए र भारत एल्लो बीचको खेल बिहान ९ः१५ मा सुरु हुनेछ । रित गौतमको कप्तानीमा मैदान उत्रने नेपाली टिम सुखद सुरुवात गर्ने योजनामा हुनेछ । तर, भारतको टिमलाई हराउँण नेपाललाई कठिन भने हुनेछ ।

सिरिजमा नेपालसहित भारतको तीन टिमले खेल्ने छन् । जसमा भारतको टिमलाई भारत ब्लुु, भारत रेड र भारत एल्लो नाम दिईएको छ । दोस्रो खेलमा नेपालले बुधबार भारत रेड र अन्तिम खेलमा शुक्रबार नेपालले भारत ब्लुु सँग खेल्नेछ ।

लिग खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । तेस्रो र चौथो टिमले तेस्रो स्थानको लागि खेल्ने छ ।