सामाजिक सञ्जाल

देशको रक्षाका लागि सिमामा विशेष सुरक्षा र सुविधाको ब्यवस्था गरियोसः नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले सरकारले सिमामा सुरक्षा कर्मिसमेत नराखको भन्दै दुःख व्यक्त गरेका छन् ।

साथै अहिले सम्म बनेका सरकारले देशको सुरक्षा नगरेको पनि टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत नेता भण्डारीले देशको सुरक्षा गर्नेलाई जनताले तिरेको करबाट पालेको बताउँदै अब नुनको सोझो गर्न नेपालका सुरक्षा कर्मिलाई पनि आग्रह गरेका छन् आग्रह गरेका छन् ।

उनले देशको सुरक्षाको लागि सिमानाका जनतालाइ विशेष सुरक्षा र सुविधाको ब्यवस्था गर्न आग्रह गरेका छन् ।

 

उनको ट्वीटःअहिले सम्म बनेका सरकारले नेपालको सिमानामा सुरक्षा कर्मिसमेत राखेका रहेन्छन । देशको सुरक्षा त परै जाहोस । देशको सुरक्षा नगर्नेहरुलाई जनताले तिरेको करबाट पालीेएको रहेछ। अब नुनको सोझो गर । देशको सुरक्षाको लागि सिमानाका जनतालाइ विशेष सुरक्षा र सुविधाको ब्यवस्था गरियोस ।