सामाजिक सञ्जाल

हिंसा, अस्थिरता र आपसी द्वन्दमा लाग्दा भारतले हाम्रो भुमि मिच्ने मौका पायोः प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकको राजनीतिक वाद र विवादको फाईदा छिमेकि देशले उठाएको बताएका छन् ।

अंग्रेजसंग कहिलै नझुकेको र, कहिलै पराधिन नभएको नेपाली हिंसा,अस्थिरता र आपसी द्वन्दमा लाग्दा कालापानी भारतले मिचेको बताए ।

सामाजिक सञ्जाल ट्वीट मार्फत उनले राजनैतिक वाद र विवाद भुलेर सबै नेपाली नेपालको भारतले मिचेको भुमिफिर्ता गर्नलाई एक ढिक्का हुन जरुरी रहेको बताएका छन् ।

साथै उनले कालापानी लगायतको भुमी अहिलेपनि फिर्ता नलिए कहिले लिने रु भन्लै प्रश्न गर्दै यसकास लागि पहल गर्न आग्रह गर्दै सबै सरकारको साथमा रहेको बताएका छन् ।

 

उनको ट्वीटः अंग्रेजसंग झुकेनौं, कहिलै पराधिन भएनौ तर हिंसा, अस्थिरता र आपसी द्वन्दमा लाग्दा हाम्रो कालापानी हाम्रो भएन रिाजनैतिक वाद र विवाद भुलेर सिंगो देश आज यो मुद्दामा एक ढिक्का छ कालापानी लगायतको भुमी अहिलेपनि फिर्ता नलिए कहिले लिने रु दृढ़ पहल होस्,हामी साथमा खडा छौं ।