राजनीति

भारतीय सीमा अतिक्रमण बिरुद्ध देश ब्यापी प्रदर्शन गर्न ७७ जिल्लालाई अध्यक्ष बस्नेतको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले ७७ वटै जिल्लाका तरुण दलका जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ ।

दलका केन्द्रीय अध्यक्ष जितजँग बस्नेतले परिपत्र गर्दै नेपालका कालापानी, लिप्पीयाधुरा र लिपुलेक भारतले सार्बजनिक गरेको पछिल्लो नक्सामा पारेको प्रति तरुण दललाई ध्यानाकर्षण भएको बताउँदै भारतको नयाँ नक्साबाट उक्त भुभाग हटाउन दबाब दिनका लागि आन्दोलनमा उत्रिन देशभरका तरुणहरुलाई निर्देशन दिएका छन् ।

अध्यक्ष बस्नेतले केन्द्रीय समितिको निर्णय भन्दै सीमा अतिक्रमण रोक्न दबाबमूलक आन्दोलन गर्नु तरुण दलको कर्तब्य भएको बताउँदै हाल दबाबमूलक आन्दोलन गरिरहेका जिल्ला वा स्थानीय समितिहरुलाई धन्यबाद समेत दिएका छन् ।