राजनीति

नेपाली भूमीमा बाह्य अतिक्रमण कोही पनि नेपालीलाई स्विकार्य हुनै सक्दैनः डा कोईराला

काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली केन्द्र्रीय सदस्य डा शेखर कोईरालाले पछिल्लो समयमा सिमा अतीक्रमण सम्बन्धी संचार माध्यममा आएका समाचारप्रती नेपाली आफ्नो धारणा राखेका छन् ।

डा कोईरालाले नेपालको सार्वभौमसत्ता, भौगोलीक अखण्डता, राष्ट्रियता र लोकतन्त्रसंग नेपाली कांग्रेसले कोही कसैसंग सम्झौता नगरेको सबैमा सर्वबिदितै भएको र नेपाली भूमीमा बाह्य अतिक्रमण कोही पनि नेपालीलाई स्विकार्य हुनै सक्दैन भनेका छन् । उनले एक विज्ञप्ती जारी गर्दै नेपालको भूमी कसैले लगेको बिषयमा बिषयमा सम्झौता हुँदैन भन्दै यस बिषयमा नेपाली कांग्रेस पार्टीको आधिकारिक धारणा समेत आइसकेको बताएक छन् ।
डा कोईराला भन्छन्, ‘जहाँबाट जसले नेपाली भूमी अतिक्रमण गरेपनि सह्य हुन सक्दैन । राष्ट्रियताको मुद्दामा देखिएको राष्ट्रिय सहमति अनुरुप गुमेको भूमी फिर्ता गर्न तत्कालै कुटनीतिक पहल गर्न सरकारसंग आग्रह गर्दछु।’