राजनीति

धनराज भन्छन्ः राष्ट्रियताको सवालमा हामी सबै नेपाली साथमा छौं, कुनै हालतमा झुक्नु हुँदैन

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुङले देशको बिषयमा सबै राजनीतिक दलहरु संबिधान निर्माण गर्दा जसरी एकढिक्का भएकोमा खुशी ब्यक्त गरेका छन् ।

नेता गुरुङले फ्सबुमा स्टाटस लेख्दै जसरि संबिधान जारी गर्दा प्रमुख दलहरु एक भएका थिए, त्यसरी नै भारतीय मिचाहा प्रबृत्तिका बिरुद्व राष्ट्रीयताको पक्षमा प्रमुख दलहरु एक भएका छन् र त्या कदम ज्यादै सह्रानीय हो भनेका छन् ।

नेता गुरुङले भारतसंग कुनै हालतमा नझुक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीधा कुरा गरेर सबै पार्टीलाई एकसाथमा लिएर हिँड्न आग्रह समेत गरेका छन् । उनले मध्यरातमा ट्वीट गर्दै बरु गोली खान तयार छु तर आफ्नो एकमुठ्ठी माटो कसैले लगेमा सह्य हुँदैन भन्ने दिएको अभिब्यक्ती विस्वभरका नेपालीले मनपाराएर लाईक, सेयर र ट्वीट गरेका थिए । उक्त राष्ट्रबादी स्टाटस भाईरल भएको थियो ।

गुरुगंको मध्यरातमा ट्वीटः छातीमा गोली स्वीकार्छु तर भारतले एकचिम्टी माटो लगेपनि स्वीकार्दिन

 

उनको स्टाटस्ः जसरि संबिधान जारी गर्दा प्रमुख दलहरु एक भएका थिए, त्यसरी नै भारतीय मिचाहा प्रबृत्तिका बिरुद्व राष्ट्रीयताको पक्षमा प्रमुख दलहरु एक भएका छन्। यहि एकताको जगमा उभिएर दृढताका साथ भारत सरकारसँग सिधा कुरा गर्नुहोस् प्र.म.ज्यु। राष्ट्रीयताको सवालमा नेपाली किमार्थ झुक्नु हुँदैन। @pm_Nepal