मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) । थोरै समयमा उपबब्धिमुलक कामहरु बन्नेछन् । प्रयत्न गर्दा आटेका तथा चाहेका कामहरु बन्ने हुनाले आर्थिक अवस्था उत्तम हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नोकरिमा पदोन्नति हुने योग रहेकोछ । बिवादित बिषयहरुबाट निचोड तपाईकै पक्षमा आउँने हुँनाले खुसिले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुँनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । साताको अन्त अर्थात बिहिबार साझबाट समय मध्ययम रहेकोले अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । तापनि लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

-ज्योतिष दुर्गा भण्डारी
बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) । आईतबार तथा सोमबारको समय मध्यय रहेकोले काम बिग्रने हुँदा राजकिय सम्मान पाउँने योग टरेर जाने तथा राजनितिमा प्रतिश्पर्धिहरु हावि हुँनेछन् । घर परिवार तथा साथिहरुबाट टाडिएर शैक्षिक यात्रा गर्नुपर्दा असहज महसुस हुँनेछ । मंगलबारबाट समय उत्तम रहेकोले कामलाई निरन्तरता दिन सके मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउने समय रहेकोछ । माया प्रेममा नजिक हुने तथा मन परेका मानिसबाट उपाहार प्राप्त हुने योग रहेकोछ । सरकारि तथा पैत्रिक धन तथा सम्पति प्रयोग मार्फत रोेजगारि सिर्जना गरि मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा बृद्धि हुनाले राजनितिमा आजको दिन पद पाउँने योग रहेकोछ । प्रतिष्ठित व्याक्तिको सहयोगले उपलब्धिमुलक कामहरु बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउँन सकिनेछ । सत्रु परास्त हुँनेछने भने बिद्या तथा प्रतिश्पर्धामा तपाईकै नाम आउँनेछ ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) । परिवारमा आफन्त तथा पति पत्निबिच विवाद बढ्नेछ भने माईति चेलिबिचको सम्बन्धमा फाटो ल्याउँन आफन्तहरुनै लागि पर्नेछन् । कामहरु समयमा सम्पन्न नहुने हुँदा दुख पाउँने समय रहेकोछ भने आर्थिक व्यावस्थापन गर्न नजान्दा घरायसि समस्याहरु सुल्झाउँन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । दिदि बहिनी तथा आफन्तसँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । बिहिबार मध्यान्हबाट राज्य भावमा गोचर गर्ने चन्द्रमाले व्यापार फस्टाएर जानेछ भने समाजसेवा तथा कल्याणकारि काम गर्न सकिने हुदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । रोजगारिको शिलशिलामा नया गन्तब्य पहिल्याउन सकिनेछ । नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ । बिवादित बिषयहरुको नतिजा तपाई आफ्नै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । अर्थ उपार्जनका बिभिन्न स्रोतहरु जुट्ने हुँनाले पछिसम्म आम्दानि हुँने व्यावसायमा लगानि बढाउँन सकिनेछ । मंगलबारबाट समय मध्ययम रहेकोले रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटि लाने तथा अनाबस्यक ठाउमा खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यावासायमा लागनि गरि आम्दानि गर्नको लागि केहि समय कुर्नु नै बेस हुनेछ । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईको निम्न स्तरको सहभागिता रहनेछ ।
सिँह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) । तपाईको कामको धेरैले प्रशंसा गर्नेछन् भने बिशिष्ट व्याक्तिहरुबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानि बढाउन सकिनेछ । गाएन तथा संगितको क्षेत्रमा लागि नाम कमाउनेहरुका लागि नया नया अवसर आउनेछ । पारिवारिक माहोलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोठ लिनेछ भने कुटुम्ब सँगको सम्बन्ध सुदृड भएर जानेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने विवादमा तपाईकै नाम अग्र स्थानमा आउँनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । बिहिबार मध्यान्हबाट समय मध्ययम रहेकोले कनै पनि कामको नतिजा तुरुन्तै खोज्दा अन्य कामहरु पनि प्रभावित हुनेछन् । परिवारमा आफन्त तथा जीवन साथि सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्र्नुहोला ।
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) । हप्ताको शुरु अर्थात आईतबार तथा सोमबार स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । चेचनामुलक कार्यक्रम सञ्चालन गरे पनि परिणाममुखि नतिजा आउँनेछैन । सन्तान तथा आफन्त सँग मनमुटाब बढ्नेछ । मंगलबारबाट समय तपाईकै पक्षमा आउँने हुँदा पढाई लेखाईमा राम्रो प्रगति गरि सफलताको मार्गमा अगाडि बढ्न सकिनेछ । व्यावसायबाट मनग्गे फाईदा हुँनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउँनेछ । आम्दानिका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक कामगर्दै नाम कमाउँन सकिनेछ । नौलो प्रकृतिको काम गरि आयस्रोतमा बृद्धि गर्न सकिनेछ । बिभिन्न किसिममा भौतिक लाभ हुँनेछ भने सवारि साधन प्राप्तिको योग रहेको छ । कलाकारित तथा संगित पेशा व्यावसायमा समय लगानि गर्नेहरुले प्रसस्त रुपैया पैसा कमाउँने ग्रहयोग रहेकोछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) । राजनिति तथा समाजसेवामा परिश्रम गरे अनुसार पद प्रतिष्ठा नपाईने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । हतारमा निर्णय लिदा आफैलाई समस्या पर्न सक्ने तथा अरुको निम्ती प्रयोग भईनेछ । कुनै महत्वकाक्षी योजनाहरु भए केहि समयको लागि थाति राख्नुहोला । मंगलबार मध्यान्हबाट समय राम्रो रहेकोले लामो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेकोछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिश्पर्धिहरुलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम रहेनेछ ।
बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) । छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धि कमाउँन सकिनेछ । सामाजिक सम्बन्धहरु सुदृड भएर जानेछन् भने खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापहरु सफलता पुर्वक सम्पन्न हुँनेछन् । दाजुभाई तथा बन्धुबान्धबको सहयोग पाईने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् । मंगलबारबाट समय मध्ययम रहेकोले आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानि हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुसि हुनेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारण सँग सन्तुतिल व्यबहार गर्नुहोला काम बिग्रने हुदा मान सम्मानमा कमि हुनेछ । सवारि साधनको व्यापार व्यावसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) । साताको सुरु र अन्तको समय मध्ययम रहेकोले तपाई आफ्नै कारणले आफन्त तथा साथिभाईले तपाईको साथ छाड्नेछन् । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि हुने छैन भने कृषि, पशुपालन तथा सहकारी व्यावसायमा भने मनग्गे आम्दानि हुनेछ । आफन्त सँग सानो सानो कुरामा मनमुटाब सिर्जना हुनेछ । अन्य काममा व्यस्त हुदा पढ्ने लेख्ने काम थाति रहनेछ । प्रेममा अरुकै नकारात्मक टिप्पणीले शंका उब्जिनेछ । छाति सम्बन्धि समस्या आउने प्रवल सम्भावना रहेकोछ ध्यान दिनुहोला । मंगलबारबाट बिहिबार मध्यान्हसम्मको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ भने उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ ।
मकर (भो, जा, जी, जू, जे,जो, ख, खी, खू, खे, खो, गा, गी) । साताको सुरु र अन्तको समय राम्रो रहेकोले लामो समयदेखि रोकिएका कामहरु बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानि हुनेछ । आफन्त तथा जीवन साथिको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरि नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्बाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागि लामो दुरिको यात्रा हुनेछ । व्यापारबाट मनग्गे आम्दानि गर्न सकिनेछ भने घरायरि सुख सुबिधा भरपुर मात्रामा प्रयोग गर्न पाईनेछ । नयाँ काम पाउँने तथा रोजगारिको अवसरहरु सिर्जना गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । मंगलबारबाट बिहिबार मध्यान्हसम्मको समय मध्ययम रहेकोले बोल्दा वा कुनैपनि प्रश्तुतिमा भाग लिदा प्रशस्त तयारि गर्नुहोला कमजोरि गरेको वा भएको आभास हुनेछ । तयारि बिनानै प्रश्तुत गरिने कुनै पनि योजना बिफल हुन सक्छ ध्यान दिनुहोला ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) । हप्ताको शुरु र अन्तको समय काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवान हुँन सक्छ । माया प्रेमको दुरि बढ्ने हुनाले मनमा नरामाईलो महशुस हुनेछ । यात्राको क्रममा रुपैया पैसाको सहि परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । बैदेशिक यात्राको तय हुनेछ भने बिदेशि सामान तथा रुपैया पैसा हातलागी हुने योग रहेको छ । बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुले आजको दिन आफ्नो कामदेखि सन्तुुष्ट हुँनेछन् । मंगलबारबाट बिहिबार मध्यान्हसम्मको समय राम्रो रहेकोले बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुसि हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र, मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) । साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यावसायमा लगानि बढाउँदा मनग्गे लाभ हुँनेछ । प्रतिष्ठित व्याक्तिुसँग प्रतिष्पर्धा गर्नुपरेपनि अन्तत तपाईकै पक्षमा नतिजा आउँदा मन खुसि हुँनेछ । रमाईलो यात्रा हुँनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउँनेछ । प्रणय सम्बन्धमा बिश्वास बढेर जाने तथा सम्बन्धलाई लामो समय सम्म टिकाउँन सकिनेछ । बिवाद प्रतिष्पर्धामा बिपक्षहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको ध्यान केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा बिवेकको प्रयोग मार्फत काम गरि मनग्गे आम्दानि गर्न सकिनेछ । मंगलबारबाट बिहिबार मध्यान्हसम्मको समय मध्ययम रहेकोले ऋण, रोग तथा सत्रुको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुँनेछन् । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रीय घट्ना नघट्ला भन्न सकिन्न । तापनि लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
तपाईको दिन शुभ रहोस ।