राजनीति

संस्थापक नेता सिंहको जन्मजयन्तीमा आज भब्य कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता एवंम् लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सिँहको सम्झनामा नेपाली काँग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । शोभा भगवतीमा रहेको सिँहको शालिकमा विहान माल्यार्पण गरिएको छ ।

दिउँसो १ बजे ज्ञानेश्वरमा स्मृति सभा गर्ने तय भएको छ । आजै साँझ ५ बजे नेपाल विद्यार्थी संघले शान्ति बाटिका रत्नपार्कमा द्धिप प्रज्वलन गर्ने कार्यक्रम छ । राणा शासनको अन्त्य तथा प्रजातन्त्रको वहालीका लागि सिँहको योगदानलाई अतुलनीय मानिन्छ । उहाँ नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिनुहुन्छ । सिँहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक विपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गर्नुभएको हो ।

बिहानको कार्यक्रममा साँसद राजेन्द्र केसी, जिल्ला सभापति सजुजकृष्ण बानियाँ लागतयको उपस्थिति थियो ।