राजनीति

कालापानी लगायतका भारतले मिचेका नेपाली भूमि फिर्ता गर्न कुटनीतिक पहल जरुरीः सभापति देउवा

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको सर्बपक्षीय बैठकमा नेपाली काँग्रेस सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय सुरक्षा बल रहेको कालापानी, लिपुलेक र लिम्पीयाधुरा नेपालको भएकोमा कुनै शंका नरहेको बताएका छन् ।

सभापति देउवाले आफ्ना कुरा राख्दै कालापानी पश्चिमको नदि महाकाली नदि हो। सो पुर्वका हाम्रा सबै भुभाग फिर्ता गर्न सरकारले उच्चस्तरीय कुटनैतिक र राजनैतिक पहल गर्नुपर्छ भनेका थिए ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार नेपालको भूमि फिर्ता गर्ने कार्यका लागि नेपाली काँग्रेसको पुर्ण साथ रहने समेत देउवाले बताएका थिए ।

कार्यक्रममा सबैले नेपालको भूमि फिर्ता गर्न प्रधानमन्त्रीले पहलकदमी चाल्नुपर्ने सुझाव दिएका थिए ।